बैतडी : फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी भएसँगै जिल्लामा मतदाता नामावलीका बारेमा चर्चा सुरु भएको छ ।
बैतडीमा महिला मतदाताको सङ्ख्या पुरुषभन्दा एक हजार ७३९ बढी रहेको छ । यद्यपि अहिलेसम्म मुख्य राजनीतिक दलले प्रतिनिधि सभाको निर्वाचनमा महिला उम्मेदवारलाई चुनाव लड्ने अवसर दिन सकेका छैनन् ।
बैतडीमा एक लाख ४० हजार २०१ जना मतदातामध्ये महिला ७० हजार ९६९ र पुरुष मतदाता ६९ हजार २३० रहेका छन् । बैतडीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या समेत बढी रहेको छ ।
पुरुषभन्दा महिलाको सङ्ख्या १४ हजार ४२९ रहेको छ । २०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४२ हजार १५७ रहेको छ । जसमध्ये पुरुष एक लाख १३ हजार ८६४ र महिलाको सङ्ख्या एक लाख २८ हजार २९३ रहेको छ ।
