बसको ठक्करबाट बैतडीमा महिलाको मृत्यु

बैतडी : बसको ठक्करबाट मंगलवार बैतडीमा एक महिलाको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नम्बर १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृत्यु भएको हो।

जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए।

Deep Jyoti Pustak psl
Loading...