बैतडीको डिलासैनी र शिवनाथमा भिरबाट लडेर दुई जनाको मृत्यु

बैतडी : बैतडीको डिलासैनी र शिवनाथ गाउँपालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ।

डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीय हरुली कार्कीको र शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय ईन्द्रसिंह साउदको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कायालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए।

कार्की बुधबार दिउँसो ४ बजेतिर घर नजिकैको फाग्लाबाट खर काटने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो। यस्तै बुधबार साँझ शिवनाथ मन्दिरमा लागेको जात्रा (मेला) हेरेर घर फर्किने क्रममा भिरबाटै लडेर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाँकी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याललय बैतडीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...