बैतडीका विभिन्न स्थानमा नेटवर्क समस्या

बैतडी : बैतडी जिल्लाका विभिन्न स्थानहरूमा नेटवर्कको समस्या देखा परेको छ । हिउँदयाम सुरु भएसँगै, जिल्लाका थुप्रै क्षेत्रहरूमा नेटवर्क अवरुद्ध हुने समस्या दोहोरिएको हो ।

वर्षौंदेखि हिउँदयाममा यस्तो समस्या भोग्दै आएका बैतडीबासीहरूलाई यस वर्ष पनि त्यही समस्या पुनः भोग्नुपर्ने अवस्था आएको छ । नेटवर्कमा समस्या हुँदा कामकाजी र पढाइका सिलसिलामा बाहिर रहेका आफन्तहरू सँगसमेत कुराकानी गर्न कठिन भइरहेको स्थानीयहरूले बताएका छन् ।

केही स्थानहरूमा टावर रहेका भएपनि विद्युतको अभाव, र केही स्थानहरूमा टावर नै नहुनाले नेटवर्क समस्याको कारण बनिरहेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख पुण्य विक्रम पौडेलका अनुसार, दूरसञ्चारसँग सम्बन्धित समस्याको समाधानको लागि वार्ता भइरहेको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...