एशियन कप छनोट : नेपाल सिरियासँग पराजित

काठमाण्डौ : एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ । म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रङ्गशालामा हिजो भएको खेलमा सिरियासँग नेपाल ४-२ गोलअन्तरले पराजित भएको हो ।

समूह ‘जी’मा रहेको नेपालले भोलि ओमानसँग खेल्ने छ । त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता आउँदो वर्ष साउदी अरेबियामा हुने एशियन कपका लागि छनोट हुनेछ ।

Deep Jyoti Pustak psl
Loading...