काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनायो ।
कर्णालीका गुल्सन झाले नटआउट ४९, पवन सर्राफले ३५, मार्क वाटले ३० रन बनाए । काठमान्डुका राशिद खानले २ विकेट लिए । काठमाण्डौ ५ खेलमा ३ जीत र २ हारसहित ६ अङ्क जोड्दै तालिकाको तेश्रो स्थानमा छ ।
कर्णाली ४ खेलमा १ जीत र तीन हारसहित २ अङ्कका साथ छैटौं स्थानमा छ । दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना कायमै छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।
