सुदूरपश्चिम बनेको सपना देखेको थिएँः बालेन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आफूले सुदूरपश्चिम र देश समृद्ध बनेको सपना देखेको बताउँदै उक्त सपना रास्वपाले नै साकार पार्ने दाबी गरेका छन्।

कैलालीको धनगढीमा आयोजित ‘परिवर्तन उद्घोष’ सभालाई सम्बोधन गर्दै उनले डोटेली भाषामै भने, ’बेली छकालै एउटा सुइना देख्या थेँ, सुदूरपश्चिम र देश बनेको। त्यो सपना पूरा गर्ने पार्टी रास्वपा हो।’ शाहले आर्थिक रूपमा विपन्न नागरिकले सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिए।

दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै सम्पन्न हुनुपर्ने आफ्नो एजेन्डा रहेको उल्लेख गर्दै उनले विकासमा ढिलासुस्ती अस्वीकार्य हुने बताए। ’रुखमा बाँधेर वा खोरमा जाकेर भए पनि बाटो बन्नुपर्छ,’ उनले भने। देशलाई ‘स्वीजरल्याण्ड’ बनाउनुपर्ने आवश्यक नरहेको धारणा राख्दै उनले सुदूरपश्चिममै रहेका प्राकृतिक र धार्मिक पर्यटकीय स्थलहरूको विकासमा ध्यान दिनुपर्ने बताए।

बडीमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज जस्ता गन्तव्यको प्रवद्र्धन नै समृद्धिको आधार हुने उनको भनाइ थियो। ’तपाईंहरूले भोट नदिए पनि हुन्छ,’ उनले भने, ’कामको सूची दिनुहोस्, रास्वपाले काम गरेर देखाउँछ।’ उनले सुदूरपश्चिमको समग्र विकासलाई आफ्नो प्राथमिकता रहेको दोहो¥याए।

Deep Jyoti Pustak psl
Loading...