अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार छत्र भट्टलाई पितृ शोक परेको छ ।
भट्टका पिता पदम बहादुर भट्टको आज (शनिबार) बिहान ७९ वर्षको उमेरमा धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
गोदावरी नगरपालिका-३, मालाखेतीमा बसोबास गर्दै आएका उनी केही समयदेखि अस्वस्थ रहेका थिए । उनको आजै मालाखेती निवासबाट सवयात्रा गरी दाहसंस्कार गरिने तयारी गरिएको जनाईएको छ ।
मृतक भट्टका दुई छोरा रहेका छन्, जसमा स्वतन्त्र उम्मेदवार छत्र भट्ट पनि रहेका छन् ।
