नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ।आज (सोमबार)  बिहान बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।

टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरु बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उनले बताइन् ।

मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने बताइन् । उनले भनिन्, ‘टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ । डेडलाइन भने तोकिएको छैन ।’

अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।

भारत, क्यानडा, अफगानिस्तान, ताइवान अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क र नेदरल्यान्ड्सलगायतका देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

Loading...