अत्तरिया : सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान भएको छ । बिहीबार सम्पन्न मतदानमा कुल १७ लाख १६हजार ६६० मतदाता मध्ये ८ लाख ७४ हजार १७७ जनाले मतदान गरेका हुन ।
जसमा सबैभन्दा धेरै कञ्चनपुरमा मतदान भएको छ । कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता रहेकोमा १ लाख ८४ हजार ३१६जनाले मतदान गरेका छन् । जुन ५८.६प्रतिशत हुन आउँछ । त्यसपछि कैलालीमा ५५.४ प्रतिशत मतदान भएको छ । कैलालीमा ५ लाख ५१ हजार ५२ मतदाता रहेकोमा ३ लाख ५ हजार १२२ जनाले मतदान गरेका छन् ।
यस्तै दार्चुलामा ५३.८ प्रतिशतले मतदान गरेका छन् । कुल ९२ हजार ९४८ मतदाता रहेकोमा ४९ हजार ९६८ जनाले मतदान गरेका छन् । बाजुरामा ५२.६ प्रतिशतले मतदान गरेका छन् । कुल ८७ हजार ८६१ मतदाता रहेको बाजुरामा ४६ हजार २३२ जनाले मतदान गरेका छन् । डडेल्धुरामा ४९.२ प्रतिशतले मतदान गरेका छन् । ९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा ४५ हजार ९०९ जनाले मतदान गरेका छन् । बैतडीमा ४६.८ प्रतिसतले मतदान गरेका छन् । १ लाख ५६हजार ३७२ मतदाता रहेको बैतडीमा ७३ हजार १४८ मतदाता मतदान गरेका छन् ।
बझाङमा ४१.१ प्रतिशत मतदाताले मतदान गरेका छन् । १ लाख २६ हजार ९०३ मतदाता रहेको बझाङमा ५२ हजार २५७ जनाले मतदान गरेका छन् । डोटीमा ४०.९ प्रतिशतले मतदान गरेका छन् । १ लाख २८ हजार ३९९ मतदाता रहेकोमा ५२ हजार ४८५ जनाले मतदान गरेका छन् । अछाममा ३९.२ प्रतिशतले मतदान गरेका छन् । अछाममा १ लाख ६५ हजार ३३७ मतदाता रहेकोमा ६४ हजार ७८० जनाले मतदान गरेका छन् ।