धनगढीमा २ के.जी. चरेशसहित एक जना पक्राउ

धनगढी : धनगढीमा चरेशसहित एक जना पक्राउ परेका छन्।

धनगढी-१ त्रिबेणी चोक स्थित घरबाट २ के.जी. ५८ मिलिग्राम लागूऔषध चरेशसहित सोही ठाउँ बस्ने ६९ वर्षीय डम्मरबहादुर शाहीलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनको घर कोठा भित्र खानतलासी गर्दा उक्त पदार्थ फेला पारी शाहीलाई पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...