कैलालीमा भन्सार छलिका सामान बरामद

कैलाली : कैलालीको टीकापुर नगरपालिका–६ नारायण चोक क्षेत्रबाट भारतबाट भन्सार छलि गरी ल्याइएका किराना सामान प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो उक्त क्षेत्रबाट अन्दाजी मूल्य १९ हजार ९३० रुपैयाँ बराबरका विभिन्न किराना सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका ती सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका सामानबारे थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...