धनगढीमा HONOR मोबाइलद्वारा सन्जिवनी मोबाइललाई Vespa उपहार

धनगढी : दशैं-तिहार उपहार योजना अन्तर्गत निर्धारित लक्ष्य पूरा गर्दै धनगढीस्थित सन्जिवनी मोबाइलले उल्लेखनीय सफलता हासिल गरेको छ । उक्त उपलब्धिको कदर गर्दै HONOR मोबाइलको तर्फबाट सन्जिवनी मोबाइललाई Vespa स्कुटर उपहार प्रदान गरिएको छ ।

यस अवसरमा आयोजित कार्यक्रममा HONOR मोबाइल नेपालका रिजनल सेल्स म्यानेजर चक्र न्यौपानेले सन्जिवनी मोबाइललाई बधाई दिँदै धनगढी क्षेत्रमा HONOR मोबाइलको पहिचान स्थापित गर्न सन्जिवनी मोबाइलको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सन्जिवनी मोबाइलको उत्कृष्ट कार्यप्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सन्जिवनी मोबाइलका प्रोप्राइटर सुभाष बम, धनगढी क्षेत्रका रिजनल डिस्ट्रीब्युटरका प्रोप्राइटर निरञ्जन खत्री तथा HONOR मोबाइलका एरिया सेल्स म्यानेजर हरिष पन्तको उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा वक्ताहरूले आगामी दिनहरूमा समेत यस्तै सहकार्य र समर्थन निरन्तर रहने अपेक्षा व्यक्त गरेका थिए ।

Loading...