गोदावरीमा रुखमा अड्किएका बृद्धको शसस्त्र प्रहरीद्वारा सकुशल उद्दार

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ ओलानीमा रुखमा अड्किएका एक बृद्धको शसस्त्र प्रहरीले उद्दार गरेको छ ।

आज दिउँसो घर नजिकैको रुखमा स्याउला काट्न भनि रुखमा चढेका ७३ बर्षिय लाल बहादुर सुनार रुखबाट तल झर्न नसकेर रुखमै अड्किएका थिए । वडा नम्बर ११ का वडाअध्यक्ष प्रेम बडैलाले शसस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीमा जानकारी गराएका थिए ।

जानकारी पाएलगत्तै बाहिनिबाट शसस्त्र प्रहरी सहायक निरीक्षक (असई) गणेश साउँदको कमाण्डमा ७ जनाको टोली घटना स्थलमा पुगेको थियो । आज दिउँसो २ बजे खटिएको तालिम प्राप्त शसस्त्रको टोलिले ४ बजे सकुशल उद्धार गरी आफन्तलाई बुझाएको बताईएको छ ।

 

Loading...