अत्तरिया: कैलालीको गोदावरी नगरपालिका-११ मा ओलानी यातायात प्रा.लिको कार्यालय उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर १०, ११ र १२ बाट अत्तरिया सम्म सञ्चालन हुँदै आएका अटोहरु संगठित गरी यातायात कार्यालय सञ्चालमा ल्याईएको हो ।
सो कार्यालयको आईतबार गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले उद्घाटन गरीन । उद्घाटन पश्चात बोल्दै उनले ओलानीबाट सञ्चालन हुदै आएका अटोहरुका कारण स्थानियहरुले एकदमै सहज महसुस गर्ने गरेको बताईन । उनले अटोहरुले दिनरात नभनीकन बिरामी ओसारपसार गरी एम्बुलेन्सको कामसमेत गर्ने गरेको बताईन । उनले नगरपालिकाले पनि आफ्नो क्षमता अनुसार ओलानी यातायात प्रा.लि.लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा ओलानी यातायात प्रा.लिका अध्यक्ष राजकुमार बिकले ओलानी क्षेत्रका सबै अटो चालकहरू संगठित भएको बताए । उनले समितिले निर्धारण गरेको भाडादर लागू गर्न सबै अटो चालकलाई आग्रह गरे । तिन ओटै वडाबाट अत्तरिया आउने अटोका चालकहरु प्रा.लि. मा आवद्ध भएका छन् ।
कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष भिम बहादुर खड्का, वडा नम्बर ११ वडाध्यक्ष प्रेम सिंह बडैला, वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाही, पुर्व गाँविस अध्यक्ष भान सिंह बिक, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गंगाराम बिक, अस्थायी प्रहरी चौकी ओलानीका प्रहरी सहायक निरीक्षक केशव साँउद लगायतको उपस्थीती रहेको थियो ।