अत्तरिया : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाहीको सरुवा भएको छ ।
उनको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज,काठमाण्डौ सरूवा भएको छ भने उनी काजमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल,काठमाण्डौमा रहनेछन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले यहि जेठ १ गते शुक्रवार ४६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा तथा काज गर्ने क्रममा शाहीको काठमाण्डौ सरुवा भएको हो ।
उनको ठाउँमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, काठमाण्डौबाट एसपी नवराव कार्की आउने भएका छन् ।