कञ्चनपुरमा दुई जना खैरो हेरोइनसहित पक्राउ

महेन्द्रनगर : कञ्चनपुरमा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघाडी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८, सालघाडी स्थितमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा १८ वर्षीय संजित चौधरीलाई पक्राउ गरेको हो। उनको साथबाट १ ग्राम ३३ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, भीमदत्त नगरपालिका–६, ऐठपुर स्थितमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा २२ वर्षीय मनोज कार्की पक्राउ परेका छन्। उनको साथबाट २ ग्राम ३९ मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनाबाट गरी जम्मा ३ ग्राम ७२ मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...