काठमाडौँ : नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त भएकी छन् ।
पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । अध्यक्ष ओलीले शपथ गराएसँगै उनी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुगेकी हुन् ।
यसअघि राष्ट्रपति पदमा रहँदा भण्डारी दलीय राजनीतिबाट अलग रहेकी थिइन् । कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा उनको आगामी भूमिकाबारे विभिन्न चर्चा चल्दै आएको थियो ।
अन्ततः एमालेको उच्च तहमा उनको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।