अत्तरिया : नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटी कैलालीले दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
गोदावरीमा आयोजित कार्यक्रममा यस क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ता, जिल्ला कमिटीका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रममा सहभागीहरूले एकआपसमा चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै देउडा खेलेर रमाईलो गर्दे वनभोजमा सहभागी भएका थिए ।
चाडपर्वको अवसरमा आपसी सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरिएको क्षेत्र नम्बर ४ समन्वय कमिटीका संयोजक गणेश जिमी साउँदले बताए । उनले कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिताले पार्टीभित्रको आपसी सम्बन्ध, एकता र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको बताए ।
यस्ता भेटघाट तथा सांस्कृतिक कार्यक्रमले संगठनभित्र आत्मीयता बढाउनुका साथै आपसी सहकार्य र सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशी, जिल्ला कमिटी उपाध्याय लोकेन्द्र शाही, निर्वाचन क्षेत्र नं. ४ समन्वय कमिटीका संयोजक गणेश जिमी साउँद, नगर कमिटी सचिव बिक्रम बिष्टले दशैँ, तिहार तथा छठ पर्वको शुभकामना मन्तव्य राखेका थिए ।