दार्चुला : दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
दार्चुलाको महाकाली नगरपालिका–३ गराखु मानाकोट स्थित मुल्ला बगरबाट बाँज तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरमा सवार महाकाली नगरपालिका–३ को मानाकोट बस्ने अन्दाजी ४० वर्षीय हरकसिंह नगालको ट्याक्टरबाट खसेर बुधवार राति मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिई ट्याक्टर चालक महाकाली नगरपालिका–३ बाँजघाट बस्ने २५ वर्षीय भुवनसिंह महरालाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
