अत्तरिया कृषि सहकारीको ८औं वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडले ८औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गोदावरी नगरपालिका १ बनखेतमा रहेको उक्त सहकारीले शुक्रबार एक कार्यक्रमका विच ८औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष विक्रम विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपट बहादुर साउद रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री साउदले सहकारी बैंकको आफ्नै निति नियम, ऐन कानुन रहेको बताउदै उनले उक्त नियम अनुसार सहकारीहरु सञ्चालन भएकाले राम्रो प्रगति गरिरहेको बताए । पछिल्लो समयमा केही सहकारीहरुले पैसा खाएर भागे भनेर जुन नकारात्मक कुराहरु आईरहेका छन् ति बिषयहरुमा सचेत रहनुपर्ने उनले बताए । उनले सबै किसानहरु भएको नाताले कृषि सहकारीको स्थापना भएको बताउदै गाउगाउमा सहकारी घरघरमा भकारी भन्ने नारा अनुसार कृषि सहकारीले किसानहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको बताए । उनले पछिल्लो समयमा तरकारीहरुमा बिषाधी औषधीका कारण स्वास्थ्यमा असर पर्दै गईरहेका कारणले आफ्नै बारीमा उत्पादन गरेर अर्गानिक खानेकुरा खान पनि सबैलाई अनुरोध गरे ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष विक्रम विश्वकर्माले २०७३ साल बाट ३३ जना शेयर सदस्यहरु मिलेर ५ लाख ४० हजार रुपैयाँको कारोबारबाट सुरुवात गरेको सहकारीमा ७ वर्ष पुरागरी ६ करोड बराबरको कारोवार गर्न सफल भएको बताए । उनले विगत केही बर्ष देखि पुरै राज्य आर्थिक संकटको चपेटमा परेको वेला वित्तीय कारोबार गर्ने संस्थामा पनि प्रत्यक्ष असर परेको हुँदा पनि संस्थाले सदस्यहरूलाई सेवा प्रदान गर्न कुनै कमी नगरेको बताए । उक्त संस्थाले थप १ सय ६८ जना सहित जम्मा २ सय ८० जना शेयर सदस्यहरुलाई ४ करोड ८९ लाख ४५ हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको समेत अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

यस्तै संस्थाको वार्षिक प्रगति प्रतिवेदन आयब्यय प्रस्तुत गर्दै संस्थाकी प्रबन्धक सक्रान्ति भट्टले संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ५ करोड ६४ लाख ४८ हजार बराबरको आर्थिक कारोबार गरेको र उक्त कारोबार बाट २४ लाख १६ हजार ८ सय ९२ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बताईन् । संस्थाको जगेडा कोषमा ६० लाख ९३ हजार रकम रहेको साथै ४ करोड ८९ लाख ४५ हजार रकम बराबरको ऋणमा लगानीमा गरेको बताईन् । उनले संस्थाको बचत तर्फ ३ करोड २४ लाख ९१ हजार रकम निक्षेप संकलन गरेको बताइन् । संस्थाको आव २०७९\०८० मसान्त सम्ममा ७२ लाख १२ हजार ३ सय रहेको शेयर पुँजीमा हाल ९ सय १७ जना शेयर सदस्यहरु रहेसंगै आगामी आव २०८०\०८१ मा १ हजार शेयर सदस्यहरु बनाउने लक्ष्य लिएको प्रबन्धक भट्टले बताइन् ।

साधारण सभामा संस्थाले सहकारीको वृद्धि विकासका लागि सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो । त्यसका साथै ३ जना शेयरसदस्यहरुलाई सुत्केरी प्रोत्साहन भत्तावाफत रु. १ हजारका दरले तथा मृत्यु भएका शेयरसदस्यको परिवारलाई किरिया खर्चवाफत रु. ५ हजार रुपैया भुक्तानी गरेको प्रबन्धक भट्टले बताईन । उनले आगामी वर्षहरुमा पनि उक्त योजनाहरुलाई निरन्तरता दिईने बताईन ।

संस्थाका सल्लाहकार समिति संयोजक हरिकृष्ण पाण्डेयको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी सञ्चालक समिति सचिव भगरथि कुमारी बडुले गरेकी थिईन् । यस्तै कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उक्त साधारण सभा अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा सम्पन्न भएको हो ।

Loading...