कैलाली : कैलालीको गोदावरी नगरपालिका-१० खमौरा निवासी टेकराज भट्टको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित भट्टको स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि निरन्तर उपचार आवश्यक रहेको परिवारले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन परिवारलाई कठिनाइ भइरहेको छ । मानवताको भावनाका साथ सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ ।
यसैबीच टेकराजको उपचारमा सहयोग गरिदिनकालागि आर्थिक सहयोग अभियान थालिएको छ । सानो वा ठूलो जुनसुकै आर्थिक सहयोगले उपचारलाई निरन्तरता दिन सहयोग पुग्ने बताईएको छ ।
सहयोगका लागि टेकराज भट्टका बुवा बलराम भट्टको नाममा रहेको बैंक खाता नम्बर तथा क्युआर कोड उपलब्ध गराइएको छ । तपाईंको सानो सहयोग पनि टेकराज भट्टको उपचारका लागि ठूलो आशा बन्न सक्छ भन्दै सबैमा सहयोगका लागि हार्दिक अपिल गरिएको छ ।

