डोटी: डोटीको आदर्श गाउँपालिका-५, लामिखाल निवासी मनसरादेवी रोकायाको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । रोकाया रुखबाट लडेर गम्भीर घाइते भएपछि उनको स्पाइनल कर्ड भाँचिएको तथा नशा दबिएको बताइएको छ ।
उपचारका लागि अस्पताल पुर्याइए पनि आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले आवश्यक शल्यक्रिया (अपरेशन) गर्न नसकी उनी घर फर्किएकी उनका आफन्तले बताएका छन् । उनका आफन्तका अनुसार उनको सन्तान छैन र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ । उपचारको अभावमा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएकाले सहयोगको अपिल गरिएको हो ।

प्रकाश रोकायाले सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट गर्दै सहयोग गर्न इच्छुक महानुभावहरूले पोष्टमा राखिएको ईसेवा क्युआर कोड मार्फत सक्दो आर्थिक सहयोग गर्न गर्न सकिने बताएका छन् । सहयोग गरिसकेपछि भुक्तानीको स्क्रिनसट र आफ्नो नाम Prakash Rokaya फेसबुक नामक मेसेन्जरमा पठाइदिन पनि अनुरोध गरेका छन् । प्राप्त सहयोग गर्ने दाताहरूको नाम फेसबुक पेजमार्फत धन्यवादसहित सार्वजनिक गरिने बताए ।
थप जानकारीका लागि ९८४८७७४२८३ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
“सानो सहयोगले एउटा जीवन बचाउन सक्छ । सहयोग नै मानवताको सबैभन्दा ठूलो धर्म हो ।”
