दार्चुलामा भारत सरकारको सहयोगमा विद्यालय भवनको उद्घाटन

दार्चुला : दार्चुलामा भारत सरकारको सहयोगमा १ विद्यालय भवनको उद्घाटन गरिएको छ भने एक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

दुहुँ गाउँपालिकास्थित जनविकास माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ भने व्यास गाउँपालिका–६ स्थित हिमालय माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको हो ।

दुवै भवनको लागत करिब ६ करोड छ । व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको २ करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने हिमालय माध्यमिक विद्यालय भवनको शिलान्यास गरेका हुन।

त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोड ३७ लाख निर्माण गरिएको जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

Deep Jyoti Pustak psl
Loading...