आज डोटीको जोरायल र डडेल्धुराको जोगबुढा फिडरको विद्युत सेवा अवरुद्ध हुने

अत्तरिया :  आज डोटीको जोरायल र डडेल्धुराको जोगबुढाको फिडर अन्र्तगतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका अनुसार आज (सनीवार) डोटीको जोरायल फिडर अन्र्तगतका बुडर, गैरा, जोरायल र जोगबुढा फिडर अन्र्तगतका आलिताल र जोगबुढा क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने छ।

फिडर लाइन बदली तथा मर्मत गर्नुपर्ने भएकाले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ।

Loading...