दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी : दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्, भने तीन पशु मरेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ गाङखोलाका धनविरसिँह धामीकी ७ वर्षीया छोरी हिमा धामी चट्याङ लागेर घाइते भएकी हुन्। धामीको गोठमा रहेको एउटा खसि पनि मरेको छ।

यस्तै अछाममा चट्याङ लागेर दुई पशु मरेका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलेगाडका एक जनाको गोठमा चट्याङ परेर एक गोरु र एक भैँसि गरेर दुई पशु मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको पुर्ण विवरण आउँन बाँकि छ।

Deep Jyoti Pustak psl
Loading...