करेन्ट लागेर दार्चुलामा एक महिला घाइते

धनगढी : दार्चुलामा एक महिला करेन्ट लागेर घाइते भएकी छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–४ की २२ वर्षीया बसन्ती धामी करेन्ट लागेर घाइते भएकी छन्। उनलाई सोहि ठाउँको पातलि लेकको जङगलमा स्याउला काट्नेक्रममा विद्युतको तार सर्ट भइ करेन्ट लागेको हो।

घाइते भएकी धामीको शंकरपुर स्वास्थ्यचौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भारतको पिथौरागढमा लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...