अत्तरिया : अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित ३ जना पक्राउ परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कस्थित शितल छाया होटेलबाट सञ्चालकसहित ३ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले सोमबार राति अनैतिक क्रियाकलाप गराउने होटेल सञ्चाकसहित अनैतिक क्रियाकलापमा संलग्न एक जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।