गोदावरीमा घुम्ती शौचालय सञ्चालन गरिने, नगरपालिकालाई शौचालय हस्तान्तरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ । नगरले भिडभाड हुने स्थान, मेला, महोत्सव स्थालमा घुम्ती शौचालय सञ्चालनमा ल्याउन लागेको हो ।

घुम्ती शौचालय सञ्चालनका लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा केशरीचन्द भवरलाल विराटनगरले बिहिबार नगरपालिकालाई शौचालय हस्तान्तरण गरेको छ ।

२९ लाख ८३ हजार ९९९ रुपैयाँ लागतको उक्त घुम्ती शौचालयमा अपाङ्ग मैत्री ४ कोठा रहेका छन । गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले विभिन्न चाड पर्व र मेला घुम्ती शौचालय अति उपयोगी हुने बताए ।

Loading...