गोदावरी नगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आज नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दैछ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्न लागेको हो । नीति तथा कार्यक्रम सभा अत्तरियामा रहेको नमस्ते होटलको सभाहलमा बिहान १० बजे हुने नगरपालिकाले जनाएको छ ।

आज नीति तथा कार्यक्रम हुने भएकाले पालिकाको सेवा प्रवाह बन्द हुने जनाइएको छ ।

Loading...