अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज १३औ नगर सभा मार्फत नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले बजेट सार्वजनिक गरेकी हुन् ।
उपप्रमुख रोकायाले १ अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी छन् । जसमा संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १९ करोड १२ लाख, राजश्व बाँडफाँडमा १८ करोड ७ लाख, समपुरक अनुदानमा १ करोड ४० लाख, विशेष अनुदानमा ४ करोड ३० लाख र सशर्त अनुदानमा ४४ करोड १ लाख ७९ हजार रहने अनुमान गरिएको छ ।
यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १ करोड ८३ लाख ५६ हजार, राजश्व बाँडफाँडमा ६९ लाख ७७ हजार, समपुरक अनुदानमा १ करोड ५ लाख ७० हजार र विशेष अनुदानमा ३५ लाख रहने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले राजश्व बाँडफाँड अन्र्तगतनै घरजग्गा रजिष्ट्रेसनमा ६ करोड ५० लाख, आन्तरिक स्रोतमा १३ करोड ७२ लाख ४३ हजार, विज्ञापन करमा ६ लाख ४० हजार, वन रोयल्टीमा १० लाख र बैंक मौज्दातमा ११ करोड रहने अनुमान गरेको छ ।
चालु आर्थिक वर्ष भन्दा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ लाख ५ हजार रुपैया कम बजेट ल्याएको छ ।