एसईईमा उत्कृष्ट नतिजा ल्याएकी नितिकालाई एमालेद्वारा शुभकामना तथा बधाई ज्ञापन

अत्तरिया : सामुदायिक विद्यालयतर्फ एसईई परिक्षामा सुदूरपश्चिममै उत्कृष्ट नतिजा ल्याउन सफल नितिका अवस्थीलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको छ ।

एसईई परिक्षामा ४ जिपिए ल्याएर उत्कृष्ट भएकी दुर्गा लक्ष्मी नमुना माविकी छात्रा नितिकालाई नेकपा एमाले गोदावरी नगर ४ नम्बर वडा कमिटीले शुभकामना तथा बधाई ज्ञापन गरेको हो । गोदवारी-४ बसन्तपुर निवासी छात्राको लगनशिलता र मेहनतको उच्च कदर गर्दै नेकपा एमाले वडा कमिटिले उनकै निवासमा पुगेर शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा नेकपा एमालेका कैलाली जिल्ला सदस्य तथा नगर इन्चार्ज भिष्म राज सुवेदी, वडा कमिटी अध्यक्ष पुष्प सुबेदी, पूर्व वडा कमिटी अध्यक्ष रवीन्द्र रोका मगर, वडा कमिटी सदस्यहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

उज्जवल भविष्यको कामना सहित नितिकाको परिवार र छिमेकीसँग खुशीयाली साट्न र थप हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरेको वडा कमिटी अध्यक्ष सुवेदीले बताए । उनले आगामी दिनमा वडा कमिटिले शिक्षा क्षेत्र सुधारका लागि पार्टीबाट प्रभावकारी काम गर्ने योजना रहेको समेत बताएका छन् ।

Loading...