डडेल्धुरामा सब-ओभरसियर घाटी रेटिएको अवस्थामा फेला

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा कार्यरत सब-ओभरसियर घाटी रेटिएको अवस्थामा फेला परेका छन् । अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्बरबहादुर भट्ट शनिवार बिहान घर नजिकै घाटी रेटिएको अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक कार्कीले घाइते भट्टको उपचारका लागि धनगढी लगिएको बताए । उनले भट्टलाई धनगढीबाट पनि उपचारका लागि काठमाण्डौं लग्ने तयारी गरिएको बताए ।

प्रहरीका अनुसार भट्ट शुक्रवार बेलुकी देखि नै परिवारको सम्पर्कमा थिएनन् । उनको खोजी गर्दै जाँदा शनिवार बिहान घर नजिकैको जङ्गलमा घाँटी रेटेको अवस्थामा फेला परेका हुन ।

घटनास्थलमा चक्कु पनि फेला परेको प्रहरीले जनाएको छ । उनी डिप्रेसनको बिरामी रहेका र आफैले घाटी काटेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

Loading...