लोटस माविले आयोजना गर्यो विद्यार्थीहरुका लागि माईन्ड बुस्टर कार्यक्रम

अत्तरिया : कैलालीको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुका लागि माईन्ड बुस्टर कार्यक्रम आयोजना गरेको छ । गोदावरी नगरपालिका २ अत्तरियामा रहेको लोटस माविले दिमाग तेज बनाउने माईन्ड बुस्टर एक दिने कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रशिक्षक अल्सस गिरीले विद्यार्थीहरुलाई एक भन्दा बढी शब्द तथा भनाईहरु कसरी लामो समयसम्म दिमागमा राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए । दिमागमै भिडियोदृश्यको माध्यमबाट कल्पना गर्दै शब्दहरुलाई जोडेर पढ्दा ति शब्दहरु लामो समयसम्म याद रहने उनको दाबी छ ।

विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले विद्यार्थीहरुको भविष्यलाई हेरेर र उनिहरुको मेमोरीलाई कसरी लामो समय सम्म काममा प्रयोग गर्न सकिन्छ भनेर कार्यक्रम आयोजना गरिएको बताए । उनले अहिलेका विद्यार्थी भविष्यमा देशको नेतृत्व तहमा पुग्न सक्ने र भविष्यमा आज पढेका कुराहरु पनि आवश्यक पर्ने भएकाले हरेक विद्यार्थीहरु मानसिक रुपमा सबल हुन जरुरी रहेको बताए ।

विद्यालयका प्रिन्सिपल  ऐरले कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ देखी कक्षा १० सम्मका करिब ४५० जना विद्यार्थीहरुको सहभागिता रहेको बताएका छन् । उनले पहिलो पटक अत्तरियामा विद्यार्थीहरुका लागि माईन्ड बुस्टर कार्यक्रम आयोजना भएको र कार्यक्रमबाट विद्यार्थीहरु निकै लाभान्वित हुने समेत बताएका छन् ।

 

Loading...