गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापनाको प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

धनगढी : कैलालीको गेटामा प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापनाका प्रक्रिया अगाडी बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सम्बन्धी बिधेयक राष्ट्रियसभाबाट पारित भइसकेपनि प्रतिनिधीसभामा पेष हुन सकेको छैन । यसका साथै ६ सय शैयाको अस्पताल सञ्चालनको प्रक्रिया समेत अगाडी नबढेको भन्दै सघंर्ष समितिले प्रधानमन्त्री केपी सर्मा ओलीको ध्यानाकर्षण गराएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र मार्फत सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सञ्चालनार्थ सघंर्ष समितिले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको हो ।

तत्कालिन प्रधानमन्त्री पुस्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले २०७९ साल माघ २९ गते गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार आवश्यक बजेट सगैं बिश्वबिद्यालय स्थापनाका लागी प्रक्रिया अगाडी बढाउनमा ढिलाई भएको सघंर्ष समितिले जनाएको छ । हालसम्म ३ सय शैयाको अस्पताल सञ्चालनका साथै प्रतिनिधिसभाबाट बिधेयक पारित भइसक्नुपर्नेमा अँझै बिधेयक पेस समेत हुन नसकेको भन्दै सघंर्ष समितिले दुख ब्यक्त गरेको छ ।

ज्ञापनपत्र बुझाउँदै सघंर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले सरकारदले बिश्वबिद्यालय बनाउने निर्णय गरेपनि त्यसका लागी आवश्यक पर्ने प्रक्रियामा निकै ढिलासुस्ती भएको बताए । सरकारले बिश्वबिद्यालय बनाउने निर्णय गरेकोमा हामी एकदमै खुशी छौँ उनले भने “तर त्यसका लागी आवश्यक पर्ने प्रक्रियामध्ये ६ सय शैयाको अस्पताल चाहिन्छ, यहाँ एक बर्षदेखी सय शैयाको अस्पताल मात्रै छ, त्योपनि १० बजेदेखी ४ बजेसम्म ओपिडि सञ्चालन छ, हालसम्म कम्तिमा ३ सय शैयााको अस्पताल त हुनुपथ्र्यो, अनी शिक्षा मन्त्रालयले प्रतिनिधिसभामा यो बिधेयकनै पेस गरेको छैन, यो दुखत कुरा हो ।” नवनियुक्त प्रधानमन्त्री केपी सर्मा ओलीले बिश्वबिद्यालय स्थापना बारे चासो ब्यक्त गरेको कुरा सुनेको भन्दै संयोजक पाण्डेले ओलीकै कार्यकालमा बिश्वबिद्यालय सञ्चालन हुने बिश्वास लिएकोे बताए ।

सघंर्ष समितिका सचिव धर्म सिह कुँवरले बिगतको सरकारले गरेका निर्णय बर्तमान सरकारले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । बिचमा केही काम सुस्ताएको अनुभुती भएको छ उनले भने “शिक्षा मन्त्रालयले बिधेयक ल्याउन ढिलाई गरेको छ अब त्यो बिधेयक तत्काल प्रतिनिधिसभामा पेस गरेर पारित गर्ने तर्फ सरकार केन्द्रित हुनुपर्छ र गेटामा कम्तिमा ३ सय शैयाको अस्पताल तत्काल सञ्चालन हुनुपर्छ ।”
यस्तै सघंर्ष समितिका सदस्य बिनोद बिष्ट र लोकेन्द्र धामीलेपनि गेटामा स्वास्थ्य बिज्ञान बिश्व बिद्यालय तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । गेटामा निर्माण भएका करोडौँका संरचना प्रयोग बिहिन भएको भन्दै ६ सय शैयाको अस्पताल सञ्चालन तर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । बर्तमान सरकारबाट ठुलो अपेक्षा गरिएकाले सुदुरपश्चिमबासीको गौरवको योजना कार्यान्वयनमा ल्याउन उनिहरुले आग्रह गरे ।

Loading...