कैलालीमा घरको ठेगानाबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ

अत्तरिया :  कैलालीबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–२ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगर पक्राउ परेका हुन्।

उनलाई जिल्ला अदालत कैलालीले वन मुद्धामा २०७७ मंसिर १० गते २ लाख ७५ हजार जरिवाना र ३ महिना कैद सजाय फैसला सुनाएको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीले बुधबार साँझ उनलाई घरको ठेगानाबाट पक्राउ गरेको बताएको छ।

Loading...