डडेल्धुरामा लडेर एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका-८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो ।

सार्की घरको छानो छाउने क्रममा बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका थिए ।

घाइते सार्कीको उपचारको क्रममा बिहीवारनै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Loading...