नेविसंघ गोदावरीद्धारा प्लस टु का बिद्यार्थीलाई सिम कार्ड वितरण

अत्तरिया : नेपाल बिद्यार्थी संघ (नेविसंघ) गोदावरी कैलालीले प्लस टु का बिद्यार्थीहरुलाई सिम कार्ड वितरण गरेको छ ।

एनसेलको टिमसंग सहकार्य गरेर नेविसंघ गोदावरी नगरकार्यसमितिले दुर्गालक्ष्मी नमुना माविमा अध्ययनरत कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई एनसेलको सिम कार्ड वितरण गरेको हो ।

नेविसंघले सेवा प्रदान गर्ने उद्देश्यले प्लस टु का बिद्यार्थीहरुलाई निःशुल्क एनसेलको सिम कार्ड वितरण गरेको नेविसंघ गोदावरि नगर सभापति दिल बहादुर बुढाथोकीले बताए ।

उनले विद्यार्थीहरुले सम्बन्धित शिक्षकहरुसंग प्रश्नोत्तर गर्न सहज हुने र शिक्षण सिकाई प्रभावकारी हुने बताए । साथै ईमेल तथा ईन्टरनेट माध्यमबाट पनि युवाहरुको क्षमता बिकास हुने उनले बताएका छन् ।

Loading...