कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

अत्तरिया : कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

जिल्लाको दोधाराचाँदनी नगरपालिका–१ स्याउले बजारबाट १.०७ ग्राम लागूऔषधसहित सोही नगरपालिका–२ का २१ वर्षीय पवन धामी र भीमदत्त नगरपालिका १० गड्डाचौकी बस्ने २३ वर्षीय कुश कार्की बिहीवार पक्राउ परेका हुन्।

यसैगरि सोही ठाँउबाट ०.१० मिलिग्राम लागूऔषधसहित दोधाराचाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्कीसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी मोटरसाईकल २ थानसहित चार जनालाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...