कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयलाई वितरण गर्यो स्मार्ट टिभि

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक बिद्यालयलाई स्मार्ट टेलिभिजन वितरण गरेको छ । बिहीबार शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी ३२ ओटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन, कम्प्युटर, प्रिन्टर लगायत प्रबिधिमैत्री सामाग्री वितरण गरेको हो ।

बितरण गरेको प्रबिधिमैत्री सामाग्री अन्तरगत १७ ओटा कम्प्युटर, ३ ओटा कलर प्रिन्टर, १७ ओटा प्रिन्टर ब्याक\ह्वाईट, १७ ओटा युपिएस, ३ ओटा प्रोजेक्टर र ६५ इन्च साइजका ३६ ओटा स्मार्ट टिभी बितरण गरेको कृष्णपुर नगरपालिकाले जनाएको छ ।

पालिका भित्र ईसिडि कक्षा संञ्चालन गरिरहेका विद्यालयलाई नगर प्रमुख हेमराज ओझाले विद्यालयका प्रधानाध्यापकहरुलाई स्मार्ट टिभि लगायत प्रबिधिमैत्री सामाग्री हस्तान्तरण गरेका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रविधीमैत्री अध्ययनमा सहजता होस भन्ने उद्देश्यले स्मार्ट टिभी उपलब्ध गराएको नगरप्रमुख ओझाले बताएका छन् । उनले सामुदायिक विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिमैत्री ढंङ्गले पठनपाठनका लागि पहिलो प्राथमिकतामा राखेर नगरभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई ३६ ओटा स्मार्ट टिभी जडानका लागि हस्तान्तरण गरिएको बताए ।

Loading...