साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि, आज नेपाल र भुटान भिड्दै

काठमाडौं : काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुँदै छन्। सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपरान्ह ३ बजेदेखि शुरु हुने छ।

यस प्रतियोगितामा नेपाल समूह ए का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दै छ। नेपालले समूह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै भुटान भने समूह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ। भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ। प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ।

Deep Jyoti Pustak psl
Loading...