अत्तरियामा १७औं राष्ट्रिय पुस्तकालय दिवस मनाईयो

अत्तरिया : कैलालीको अत्तरियामा राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको आयोजना र एभरेष्ट ऐकेडेमी तथा यार्ड नेपालको सह-आयोजनामा १७औं राष्ट्रिय पुस्तकालय दिवस बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईएको हो ।

पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेकी थिईन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेन्द्रबहादुर ऐर, अजयमेरु गाउँपालिका डडेल्धुराकी उपाध्यक्ष वसन्ती पाल लगायत जनप्रतिनिधि, प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक सदस्य, पुस्तकालयका दानदाता\आजीवन सदस्यहरु, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, बुद्धिजिवी, कलाकारको उपस्थिति रहेको थियो ।

संस्थाका कोषाअध्यक्ष धर्मसिंह कुँवरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजबहादुर कडायतले गरेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिका क्षेत्रका विभिन्न १४ वटा माध्यमिक विद्यालयबाट १४ जना छात्र-छात्राहरुको सहभागिता रहेको थियो भने उनिहरुका लागि निर्धारित अन्तर मावि स्तरीय वक्तृत्वकला (सङगोष्ठी) कार्यक्रम गरिएको थियो । सहभागी विद्यार्थीहरुलाई आयोजक प्रतिभा सामुदायिक पुस्तकालयको तर्फबाट जन चेतानामूलक विभिन्न १२ वटा शीर्षकहरु यस अघि नै संप्रेषण गरिएको थियो । सहभागी छात्र-छात्राहरुले प्रेषित शिर्षकहरु मध्येबाट आफै छानेर एउटा शिर्षकमा कुल ५ मिनेट बोल्ने व्यवस्था मिलाइएको थियो । सहभागी सबै विद्यार्थीहरुलाई प्रमाणपत्र, यातायात खर्च वाफत ५०० सय तथा अन्य उपहारहरु प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा समग्र सुदूरपश्चिम प्रदेशको भाषा, कला तथा संस्कृति संरक्षणमा योगदान पु¥याए वाफत सुदूर चिनारी डोटेली द्वैमासिक पत्रिकाका प्रधान सम्पादक एन.के. आनन्द लाई पुस्तकालयमा स्थापना गरिएको मुड्भरी साहित्य पुरस्कार २०८० प्रदान गरिएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृतिमा आधारित देउडा लोक गायनको क्षेत्रमा शिष्ट एवम् सभ्य भाषा प्रयोग गरि उत्कृष्ट योगदान पु¥याउने कलाकार दीर्घ फुलारा लाई पुस्तकालयमा स्थापना गरिएको गणेश\शारदा स्मृति लोक साहित्य पुरस्कार–२०८० प्रदान गरिएको थियो ।

Loading...