गोदावरी-१० मा नव निर्मित कालिका मन्दिरको मेयर भट्टद्वारा उद्घाटन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० को कालिका टोलमा नव निर्मित मन्दिरको उद्घाटन गरिएको छ । गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको नव निर्मित मन्दिरको नगरप्रमुख बिरेन्द्र भट्टले बिहीबार उद्घाटन गरेका हुन् ।

गोदावरी नगरपालिकाको ८ लाख लागतमा मन्दिर निर्माण गरिएको समितिका अध्यक्ष महादेव कामीले जानकारी दिए ।

मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले विभिन्न समुदायको आ-आफ्नै धर्म संस्कृतीहरु रहेकाले यिनिहरुको संरक्षण र जगेर्ना गरी धार्मिक सहिष्णुता समाजमा कायम राख्नुपर्ने बताएका छन् । उनले मठमन्दिर निर्माण हुनु राम्रो कार्य भएको बताउदै यस्ता रचनात्क कामले धार्मिक आस्था बृद्धि हुने बताए । पालिकाले पनि यस्ता धार्मिक मठ मन्दिरलाई महत्वका साथ हेरको भन्दै आगामी दिनमा पनि पालिकाले धर्मसंस्कृतिलाई बचाउन सहयोग गर्ने नगरप्रमुख भट्टले बताए ।

यस्तै गोदावरी-१० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) ले हिन्दु धर्ममा आस्थावान हामी सबैले धर्म सँगै कर्ममा विश्वास गर्ने भएकाले पहिचान र पर्यटन विकासका लागि मन्दिरको निर्माण गरिएको बताए ।

मन्दिर उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धीजिवी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Loading...