कैलालीको जोशीपुरबाट एक युवक लागूऔषधसहित पक्राउ

अत्तरिया : कैलालीमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका–६ सिमरीबाट लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित कैलालीको बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सीपुर का २० वर्षीय सुनील चौधरी आइतबार बिहान पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाइ लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Loading...