दार्चुला : दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका-२ जिउनाडास्थित खोलाको छेउमा सोही गाउँपालिका-८ मेलखेतका ६२ वर्षीय जसीराम पार्की बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
