अत्तरिया : कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सामग्री सहयोग गरिएको छ । बिहिबार कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष भावना खड्काले सेभ हाउसलाई विभिन्न सामग्रीहरु सहयोग गरेकी हुन ।
संस्थाको २१औ वार्षिक साधारण सभाको दिन पारेर अध्यक्ष खड्काले सेभ हाउसलाई चामल, साबुन, नुन, कापी कलम लगायत करिब ९ हजार बढीका सामग्री सहयोग गरेकी छन । सहकारीबाट पाईएको आफ्नो भत्तावाफतको रकमले सेभ हाउसलाई सहयोग गरेको अध्यक्ष खड्काले बताईन ।
उनले आफ्नो सानो सहयोगले पनि कसैलाई दैनिकी गुजार्नमा सहयोग पुग्ने सोचेर आफुले सेभ हाउसमा रहेका महिला तथा बालबालिकाहरुका लागि उक्त सामग्री सहयो गरिएको बताईन ।
