गेटा आँखा अस्पतालमा चमेना गृहको नगर प्रमुख भट्टद्धारा उद्घाटन 

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-५ मा रहेको गेटा आँखा अस्पतालमा चमेना गृह सेवा सुरु गरिएको छ । चमेना गृहको बिहीबार गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर उद्घाटन गरेका हुन् ।

नेपाल नेत्र ज्योति संघ कैलाली जिल्ला सभापति लोकराज जोशीको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा नगर उप प्रमुख शारदा देवि रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट, वडा नम्बर ५ का वडा अध्यक्ष सुद्दीराम चौधरी लगायत अस्पतालका कर्मचारी र स्थानीयबासीहरूको उपस्थिति थियो ।

गेटा आँखा अस्पतालका प्रशासकिय मेडिकल डाइरेक्टर सुरेश राज पन्तले अस्पतालमा भएका समस्या तथा पालिकाको सहयोग आगामी दिनमा बिरामी, कुरुवा, कर्मचारी तथा विद्यार्थीलाई खाना नास्ताका लागि सहयोग पुग्ने बताएका छन् ।

गोदावरी नगरपालिका र जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा रु.६५ लाख लगानिमा निर्माण गरिएको हो ।

Loading...