अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ ।
मंगलबार नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागकि शाखाले वडा नम्बर ९ स्थित राष्ट्रिय माविमा विद्यार्थीहरुलाई लैङ्गिक हिंसाबारे अभिमुखिकरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
यहि मंसिर १० गते नगर परिसरमा नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया लगायतले सामूहिक रुपमा १६ ओटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
महिला,बालबालिका तथा जेष्ठ नागकि शाखाले अभियान हरेक वर्ष मनाउँदै आएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।