अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा गठित पुर्व विद्यार्थी समाजको अध्यक्षमा उद्धव भट्टराई चयन भएका छन । यसअघि तदर्थ समितिका संयोजक समेत रहेका भट्टराईलाई बुधबार बसेको समाजको प्रथम साधारण सभाले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै समितिको उपाध्यक्षमा योगेश भट्ट चयन भएका छन भने महासचिवमा भीष्मराज सुवेदी चयन भएका छन । भट्ट र सुवेदी पनि यसअघि तदर्थ समितिमा आवद्ध रहेका थिए । प्रथम साधारण सभाले समितिको सचिवमा पदमराज ओझा र कोषाध्यक्षमा रत्ना कुँवर जोशीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा शारदा फुलारा, बालकृष्ण भट्टराई, लक्ष्मी बिष्ट, जगत महरा र योगेश भट्ट चयन भएका छन।
यसैगरी सभाले तेज खड्काको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा धर्म कुँवर, प्रेम भट्ट, गणेश महरा, डण्डीराज जोशी, लक्षीराम आचार्य, मान बहादुर महरा, राजेन्द्र बिष्ट र राजकुमार साउँद रहेका छन ।
समितिले क्याम्पसको विकास तथा विद्यार्थीहरुका विभिन्न हकअधिकारका विषयमा कार्य गर्ने बताईएको छ । यस्तै विद्यार्थीहरुलाई आवश्यक पर्ने कुराहरुका लागि पनि पहलदमकी गर्ने कुरामा समिति अग्रसर रहने समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।
