परशुराममा प्रथम मेयर फोरम आयोजना

डडेल्धुरा : डडेल्धुराको परशुराममा प्रथम मेयर फोरम आयोजना गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको प्रमुख आतित्थ्यतामा सोमबार मेयर फोरमको उद्घाटन गरिएको हो ।

मेयर फोरमको उद्घाटन सत्रमा नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावल, सुदूरपश्चिम नगरपालिका सङ्घका प्रदेश अध्यक्ष वीरेन्द्र भट्ट, ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) का कार्यकारी निर्देशक डा केके श्रेष्ठ, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, परशुरामका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टल लगायतले आफ्ना धारणा राखेका थिए ।

मेयर फोरमा मंगलबार सम्म सञ्चालन हुने जनाइएको छ ।

Loading...